
सल्यान, मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ ।
राप्ती राजमार्ग अन्तर्गत श्रीनगर थारमारे सडक खण्डको मोखला नजिक रा ३ प ४९८ नंको मोटर साइकल मङ्गलबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक वागचौर नगरपालिका ३ रारेचौरका ३६ वर्षीय मोहन डिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस