२६ फाल्गुन २०७२, बुधबार

दोलखाको दक्षिणी पवटी–६ का कमलकान्त ओलीले गरेको घिरौँला खेतीको बियाँबाट मात्र वार्षिक करीब रू. एकलाख आम्दानी हुन थालेको छ ।

ghiraula

प्रयोगात्मक अध्ययनले गुणस्तर बीउबाट भने जस्तो आकारको उत्पादन गर्न सकिएकाले पनि आम्दानी बढ्न थालेको उनले बताए । बियाँ क्विन्टल पुर्‍याउने उनको लक्ष्य थियो । काँचोमा कम्तीमा पाँच किलो वजन समेतका हुन्छन् । भूकम्पले जमिन हल्लाउँदा थाङ्ग्राले भार थेग्न नसक्दा यसपालि सामान्य क्षति पुर्‍याए पनि करीब ८० किलो बियाँ उत्पादन भएको छ ।

‘गत साल ५० हजारको बेचिएको थियो, बजारको खासै समस्या छैन, काठमाडौँबाट माग आइरहेको छ’ उनले भने ‘प्रतिकिलो सात सय रूपैयाँमा सहजै बिक्री हुन्छ ।’  घिरौलालाई जालोले अति सुरक्षित साथ राखेको बियाँमा पक्कै पनि महत्वपूर्ण बस्तु छ भनी आधा लिटर तेल पनि निकालेको छु । ‘यो तेल म आफैँ खान्छु, दुखेको ठाउँमा दल्छु । के के फाइदा गर्छ अनि अरुलाई प्रचार प्रसार गर्छु’ उनले उकै सासमा भने । उनको यो परिश्रमले गाउँमा प्रभाव पारेको छ ।

आठ रोपनी जग्गामा गरिएको यो खेतीमा छ इञ्चदेखि अढाइ फिट लम्बाइका घिरौँला उत्पादन भएका छन् । हरेक वर्ष लामो लामोलाई छुट्टा छुट्टै लगातार रोप्दै जाँदा यसरी लामो आकारमा उत्पादन गर्न सकिएको उनले बताए । यती जग्गामा अन्न बाली लगाउँदा १२ हजारको अन्न उब्जँदैन । खेताला पाइनै छाडेका छन् । बाँदरले पनि त्यत्तिकै दुख दिने, फेरि झन्झट धेरै हुने तर घिरौँला खेतीमा त्यति परिश्रम गर्नु नपर्ने हुँदा अब नगदे बाली मात्रै गरिने उनले दृढता व्यक्त गरे ।

उनले चौमासे सिमी, ह््वाइट लङ्ग करेला, चिचिन्डोको पनि खेती गरेका छन् । उनले भने, २८ रोपनीमा जैघाँस लगाइएको छ । ७२ हजार रुपैयाँको घाँसको दाना बीउ बेचेँ । पोषिलो जैघाँस खुवाउन छ ओटा भैँसी र गोरु पनि पालेको छु । अरुहरुले पनि नगदे बाली र जैघाँस लगाउन थालेका छन् । राष्ट्रियस्तरको पुरस्कार पनि पाएपछि अझ हौसला बढेको उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV