
फिल्म ‘लक्ष्य’ को रिलीज डेट नजिकीदै गर्दा फिल्मका निर्माण पक्षले गेट टुगेदर को आयोजना गर्दै फिल्म ‘लक्ष्य’को बारेमा जानकारी सार्बजनिक गरेका छन् । ओम लाल गुरुङको निर्माणमा फिल्म ‘लक्ष्य’लाई मिलन आले मगरले निर्देशन गरेका छन् ।
निर्माण पक्षले चैतको ५ लाई रिलीज डेट तोक्दै आफ्नो फिल्मको बारेमा जानकारी सार्वजनिक गर्दे आएका छन् ।फिल्मलाई मनोरञ्जनात्मक जन्र्मा राखिएको निर्माण पक्षले जनाएका छन् । फिल्ममा पुराना कलाकारहरु देखि लिएर नयाँ कलाकारहरु सम्मको अभिनय देख्न पाईने भएको छ । जस्मा सुनिल थापा र अर्जुन जंग शाहिका साथै सबिन श्रेष्ठ, अनु शाह, सारीका केसि लगाएतका कलाकारहरुको अभिनय रहेको छ । सुशिल पंगेनीले फिल्म ‘लक्ष्य’को कथा लेखेका हुन् । त्यस्तै फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । फिल्मको गेटटुगेदरमा फिल्मका कलाकारहरु सबिन श्रेष्ठ, अनु शाह, सारीका केसि लगाएसत फिल्मका निर्देशक मिलन आले मगर र फिल्मका निर्माता ओम लाल गुरुङ उपस्थित भएका थिए ।गेटटुगेदरमा उपस्थित फिल्म ‘लक्ष्य’का कलाकारहरु र निर्माता तथा निर्देशकहरुले फिल्मका बारेमा विभिन्न आफ्ना भनाईहरु पनि राखेका थिए ।