२६ फाल्गुन २०७२, बुधबार

कोहिनुर पछि निर्देशक आकाश अधिकारी निर्देशित फिल्म ‘के म तिम्रो होईन र’ को फस्टलुक र अडियो सार्वजनिक भएको छ । बाहिरीएको फस्टलुकमा फिल्मका कलाकारहरु आर्यन अधिकारी र मरीस्का पोखरेललाई देखाईएको छ । फिल्म ‘के म तिम्रो होईन र’ लाई अधिकारी ब्रदर्श पिक्चर्स को व्यानरमा सुरेश अधिकारी निर्माता रहेका छन् । त्यस्तै सह निर्माताको रुपमा सञ्जिव भट्ट र सुनिल अधिकारी रहेका छन् ।
ke ma timro hoina ra aryan adhikari

नेपाली फिल्म ईन्डष्ट्रिमा आर्यन अधिकारी र मरीस्का पोखरेलले यसै फिल्म ‘के म तिम्रो होईन र’ बाट करीअर सुरु गरेका छन् । त्यसैले यी दुई कलाकारहरुको लागि पनि यो फिल्म बिशेष रहने भएको छ । ‘के म तिम्रो होईन र’ फिल्मका निर्माण पक्षले फस्टलुक सँगै अडियो जुकबक्स पनि सार्वजनिक गरेका छन् । तीन वटा गीत फिल्ममा समावेश भएपनि दुई वटा मात्र जुकबक्समा राखीएका छन् ।
ke ma timro hoina ra

फिल्म ‘के म तिम्रो होईन र’ मा मरीस्का पोखरेल र आर्यन अधिकारीको साथै मिथिला शर्मा, गौरी मल्ल,बिनोद केसि,रमेश अधिकारी,सबिना गोपाली,आकाश बाबु खवास,सुरेन बसेल, प्रज्वल सुजल गीरी लगाएतका कलाकारहरुको अभिनय रहेको छ । ‘के म तिम्रो होईन र’ मा यम थापाको संवाद र पटकथाका साथै निर्देशक आकाश अधिकारीको कथा रहेको छ । नवराज कृष्ण थापाले फिल्मलाई खिचेका हुन् ।
ke ma timro hoina ra1

प्रतिक्रिया दिनुहोस्

LIVE TV