२६ फाल्गुन २०७२, बुधबार

१. नेपाली काँग्रेसको १३ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यहरुको मतगणना आज हुदैं, मतगणना अहिले १० बजेपछि सुरु हुने ।
२ पार्टीलाई सुदृढ बनाउने जिम्मेवारी नवनिर्वाचित सभापति देउवाको काँधमा आएको रामचन्द्र पौडेलको भनाई, लोकतान्त्रिक बाटोमा आफ्नो साथ रहने जिकिर ।
३. आज ग्याल्पो लोसार, हिमाली भेगका शेर्पा समुदायले मनाउँदै, पर्वका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतद्वारा शुभकामना व्यक्त ।
४. बाराको सिमरामा जारी सिमरा गोल्डकपको सेमिफाईनलका खेलहरु आजबाट सुरु हुंदै, हिजोको खेलमा मनाङ मस्र्याङ्दीलाई १–० गोलले हराउँदै रुपन्देही ११ सेमिफाईनलमा प्रवेश ।

५ र, राष्ट्रसंघको प्रतिबन्धका बावजुद उत्तर कोरियाको परामाणु कार्यक्रम जारी, ब्यालेस्टिक मिसाइलमा जोड्न मिल्ने परमाणु हतियार बनाएको उत्तर कोरियाको दावी ।

LIVE TV