
काठमाडौं । कालिकोटकोे कुमालगाँउ गाबिसमा अज्ञात रोगका कारण दुई जनाको मृत्यु भएको छ ।
अज्ञात रोगका कारण कालिकोट कुमालगाँउ- १ बदालकााडा गाउँका ९ वर्षीय दिपेन्द्र बिक र १२ वर्षाय निराजन बिकको मृत्यु भएको हो । रोगका कारण अन्य धेरै बिरामी परेका छन् । जसमा धेरै संख्या किशोरकिशोरीको छ ।
टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लागेको छोटो समयमा बिरामीको मृत्यु हुने गरेको छ । मृतक दिपेन्द्र बिकका बाबु कमल बिकका अनुसार टाउको दुख्ने, ज्वरो आउने, रिगटा लाग्ने र बान्ता भएको केही समयमा छोराको मृत्यु भयाको थियो ।
कुमालगाँउ स्वास्थ्य केन्द्रका प्रमुख डा.सुवास शर्माले रोगको परीक्षणको रिपोर्ट नआएसम्म केही भन्न नसकिने बताए । कुमालगाउँ गाबिसमा अधिंकास बिरामी रहेको त्यहाँका स्थानीयबासी राजेन्द्र बुढाले बताए । ‘गाउँका धेरैजसो बिरामी परेका छन् ।’ उनले भने,-‘रोगबारे अहिलेसम्म थाहा हुन सकेको छैन् ।’
जिल्ला अस्पतालबाट कुमालगाउा १२ कोष उत्तरपूर्वमा रहेको छ । कुमालगाउँ गाबिसमा फैलिएको अज्ञात रोगको उपचारको लागि जिल्ला अस्पतालले टोली पठाउने तयारी गरेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमिक्त प्रमुख डाक्टर कौशल अलिले बताए ।