२६ फाल्गुन २०७२, बुधबार

काठमाडौं । भारतको हिमाचलमा १२ वर्ष साधु भएर बसेका अस्टि्रयन नागरिक रोवर्ट पुस रल्लिदैँ ६ वर्षअगाडि नेपाल आइपुगे ।

पर्यटकीय नगरी पोखराको स्थानीय होटल बसाइमा नेपाली युवतीसँग मन बस्यो र बिहेवारी गरी यतै बसे । आजको नागरिक दैनिकमा समाचार छ ।  पोखरा बस्दै आएका उनी तयारी पोशाकको कारोबारमा संलग्न थिए ।

६ वर्षपछि बल्ल खुल्यो, तयारी पोशाकको व्यापार उनको आवरण मात्रै रहेछ । गि्रसको एन्थेन जान गितार बोकेर विमानस्थल पुगेका उनी पक्राउ परेपछि खुल्यो नेपाली चेलीसँग विवाह गरी एक छोरीका साथ नेपालमा बस्दै आएका उनको भित्री कारोबार चरेसको रहेछ ।

chares

लागुऔषध नियन्त्रण व्युरोका डिआइजी जयबहादुर चन्दका अनुसार फागुन २४ मा काठमाडौंबाट टर्किस एयरवेजबाट इस्तानबुल हुँदै गि्रसका लागि हिँडेका उनको साथमा रहेको गितारबाट चरेश निस्किएको थियो ।

विमानस्थलमा रहेको एक्सरे मेसिनमा उनको सामान राख्दा शंकास्पद देखिएपछि गितार खोलेर हेर्दा गितारको पछिल्लो भागमा लुकाएर राखेको अवस्थामा ८ सय ४० ग्राम चरेस फेला परेको थियो ।

 

 

LIVE TV