२५ फाल्गुन २०७२, मंगलवार

काठमाडौँ,  राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पा जातिको महान् पर्व नयाँ वर्ष ‘ग्याल्पो ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

rastrapati

राष्ट्रपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा विश्व पर्वतारोहणको इतिहासमा अनेकौँ कीर्तिमान कायम गरेर संसारभरि नेपालको गौरव फैलाउने शेर्पा समुदायको यस महान् पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण राख्न सकोस् भन्नुभएको छ ।
losar
विविधताले भरिपूर्ण सिङ्गो नेपाली संस्कृतिभित्रको शेर्पा जाति तथा समुदायको संस्कृति, भाषा, वेशभूषा र परम्परा आफैँमा मौलिक, सु–संस्कृत, सम्पन्न र समृृद्ध रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

शेर्पा समुदायले आफ्नो परम्पराअनुसार नयाँ वर्षका रूपमा मनाउने यस पर्वले नेपाली जनताबीच बन्धुत्व, पारस्परिकता र सद्भाव कायम राख्न मद्दत पु¥याउने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ ।

सन्देशमा पर्वले सबै नेपालीमा सांस्कृतिक सचेतना अभिवृद्धि गर्न मद्दत पु¥याओस् भन्ने शुभेच्छा पनि प्रकट गरिएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV