२५ फाल्गुन २०७२, मंगलवार

दाङ,  ट्र्याक्टरको ठक्करबाट दाङको देउखुरी लालमटिया–८ मसुरियामा आज एक महिलाको घटनास्थलमै ज्यान गएको छ ।

Dang_district_location
लालमटियाको मसुरियामा आयोजित नारी दिवसमा सहभागी हुन आउँदै गर्दा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु २ त १७५३ नम्बरको ट्र्याक्टरको ठक्करबाट लालमटिया – ५ मौरीघाट निवासी ६९ की शोभादेवी खनालको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठक्कर दिने ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख कुवेर कठायतले जानकारी दिनुभएको छ । मृतक खनालको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV