२५ फाल्गुन २०७२, मंगलवार

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट स्वकीय सचिव ईन्द्रप्रसाद भण्डारीले पूर्वराष्ट्रपति डा रामवरण यादवलाई आज भेटी उहाँको आवास व्यवस्थापन लगायतका समस्याबारे जानकारी लिनुभएको छ ।

rambaranKp-oli-650x335
त्यसक्रममा पूर्वराष्ट्रपति डा यादवले बिजुली, खानेपानी, पर्खाल, सुरक्षाकर्मीको आवासलगायतका समस्याबारे स्वकीय सचिव भण्डारीमार्फत प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । ललितपुरस्थित सरकारले भाडामा व्यवस्था गरेको डा यादवको घरको समयमा घरभाडा नतिरिएकोलगायतका समस्याबारे समाचार प्रकाशनमा आएको थियो ।

पूर्वराष्ट्रपतिले राख्नुभएको समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराइएको र तत्काल समस्या समाधान गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV