२५ फाल्गुन २०७२, मंगलवार

काठमाडौँ, नेपाली कांग्रेसको महामन्त्रीमा डा. सशांक कोईराला विजयी हुनुभएको छ । कांग्रेस कोषाध्यक्षमा सीतादेवी यादव निर्वाचित भयो ।

sitadevi-yadap-660x330sashanka-koirala-

 

रामचन्द्र पौडेल प्यानलवाट महामन्त्रीमा कोईराला १ हजार ४ सय १७ मत सहित निर्वाचित हुनुभएको हो । मतगणना हुँदासम्म कडा प्रतिष्पर्धा देखिएको महामन्त्री पदमा अन्तत्वगत्वा कोईराला चार सय मत बढीले निर्वाचित हुनुभएको हो ।

यस्तैगरी शेरबहादुर देउवा प्यानलवाट महामन्त्रीमा उम्मेदवार बनेका अर्जुननरसिंह केसी १ हजार १७ मतसहित दोस्रो हुनुभएको छ । साथै केसीका ज्वाई समेत रहेका युवा नेता गगन थापा ५ सय ८४ मतसहित तेस्रो स्थानमा रहनु भयो ।

यस्तै गरी पौडेल प्यानलवाट कोषाध्यक्षकी उम्मेदवार सीतादेवी यादव १ हजार २ सय १७ मत सहित विजयी हुनुभयो । उँहाकी निकटतम प्रतिद्धन्द्धी देउवा प्यानलकी उम्मेदवार चित्रलेखा यादवले १ हजार २ सय ९ मत ल्याउनुभएको छ । यस्तैगरी उमाकान्त चौधरीले ४ सय ५७ मत ल्याउनु भयो ।

नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित डाक्टर शशांक कोइराला कांग्रेसका संस्थापक विपी कोइरालाका कान्छा छोरा हुनुहुन्छ । आँखा रोग विशेषज्ञ समेत रहेका कोइराला त्रिवि शिक्षण अस्पतालको जागिर छाडेर राजनीतिमा लाग्नुभएको हो । उहाँ नवलपरासी क्षेत्र नम्बर १ बाट संसद सदस्य हुनुहुन्छ ।

महाधिबेशनको पूर्व सन्ध्यामा कोइरालाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको निर्णयमा पुनर्विचार हुनुपर्ने धारणा राख्नु भएको थियो । जसका कारण उहाँको आलोचना समेत भएको थियो । राजनीतिमा त्यति धेरै चर्चामा नआएका कोइराला स्वच्छ छविको मानिनुहुन्छ ।

 

 

LIVE TV