
पाचनप्रक्रियासम्बन्धी समस्या- झाडापखाला, ग्यास्ट्रिक अनि पेट फुल्ने समस्याले पुरुषहरूलाई भन्दा ६ गुणा बढि महिलाहरूलाई सताउने गर्दछ।त्यसैले महिलाहरू, आफ्नो पेट र स्वास्थ्यलाई खराब गर्ने खालका खानेकुराहरू नखाऔँ। र यदि कहिलेकाहिँ पेटमा गडबडी हुन थाल्यो भने, आफ्नो शरीरको लागि फाइदा गर्ने खाने कुरा खान नबिर्सनुहोला।
महिला होस् या पुरुष, पेटको गडबडी भएमा राहत पाउनका लागि यी खानेकुराहरू खानुहोस्ः
१.स्याउ
स्याउमा भोक मेटाउने फाइबरको साथमा ‘पेक्टिन’ तथा अन्य इन्जाइमहरू पनि पाइन्छन् जसले पेटमा जलन गराउने नपचेका पदार्थहरूलाई टुक्र्याएर पचाउने काम गर्दछ। यदि चिसो स्याउ खाँदा समस्या पर्छ भने यसलाई बफाएर खाँदा पनि पेटको समस्याबाट राहत पाउन सकिन्छ।
२.मेवा
प्राचीन कालमा मेवालाई अल्सरको उपचारको लागि प्रयोग गरिन्थ्यो। मेवामा ‘प्यापेन’ नामक प्राकृतिक इन्जाइम पाइन्छ, जसले पेटमा समस्या गरिरहेका पदार्थहरूलाई टुक्र्याउने काम गर्दछ।
३. दालचिनी
प्राचीन कालमा विहानको आलश्यपना र झाडापखालाबाट राहत पाउनको लागि दालचिनीको प्रयोग गरिन्थ्यो। साथै यसले पेटमा भरिएको ग्याँसलाई पनि फाल्न मद्दत गर्दछ। यसलाई यत्तिकै चपाउँदा पनि उचित हुन्छ अथवा धूलो बनाएर खानामा छर्किएर खाँदा पनि फाइदा गर्दछ।
४. सोँप
यो प्राकृतिक जडिबुटीले ग्यास्ट्रिक विरोधकको काम गर्दछ। त्यसैले नै नेपाली र भारती भोजनपश्चात होटेल तथा रेष्टुरेण्टहरूमा सोँप दिइन्छ। पेटमा ग्याँस भरिएर गडबड हुन लागेको छ भने १ चम्चा सोँप चपाइदिनुहोस्।
५. अवोकाडो
पोटासियम, फाइबर र पेटको लागि फाइदाजनक चिल्लो पदार्थ हुने यो अवोकाडो फलले पाचनप्रणालीमा आएको बाधा-अड्चनलाई तुरुन्तै हटाउन मद्दत गर्दछ।