२५ फाल्गुन २०७२, मंगलवार

मोरङ,  सडक सुरक्षाबारे जनचेतना जगाउँन मोरङको विराटनगरमा महिला स्कूटी प्रतियोगीताको आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगीतामा झण्डै दुई सयजनाको सहभागीता रहेको थियो ।

racing

पछिल्लो समय स्कुटी र मोटरसाइकल चलाउने महिलाहरुको संख्या बढ्दै गएको र सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएकोले स्कुटी चालकहरुलाई गति र समयबारे जानकारी दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आयोजित सो प्रतियोगितामा १ सय वटा स्कुटीमा सवार २ सय जना महिलाहरुले सहभागिता जनाएका थिए । स्कुटी कुदाउदा अनिवार्य चालक अनुमति पत्र लिनुपर्ने, ट्राफिक नियमलाई कडाईका साथ पालना गराउने मात्र होइन समय र गतिलाई बढी ध्यान दिन प्रतियोगीहरुलाई प्रशिक्षित गरिएको थियो ।

विराटनगर राउण्ड टेबुल दशले आयोजना गरेको सो प्रतियोगिताको प्रथम हुनेलाई ४१ हजार रुपैया बराबरको रेफ्रिजेरेटर, दोश्रो हुनेलाई २६ हजार रुपैया बराबरको वासिंग मेशिन र तेस्रो हुनेलाई १२ हजार रुपैयाको माइक्रोवेभ प्रदान गरिएको थियो ।

 

 

 

LIVE TV