
मुगु , जिल्ला प्रहरी कार्यालय मुगुले दुई दशक पहिलादेखिका मुद्घा कार्यान्वयनको लागि सञ्चालन गरेको अपराधिक खोजतलास तथा पक्राउ अभियान प्रभावकारी बन्दै गएको छ । प्रहरीले विगत ५ महिनादेखि यो अभियान सञ्चालन गर्दै आएको छ ।
जेल सजाय तोकेका तथा सजाय दिलाउन नसकेका फरार अभियुक्तहरुलाई अहिले दिन प्रतिदिन जिल्ला प्रहरी कार्यालय मुगुले सजाय दिलाउने प्रयासमा जुटेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सोमबहादुर थापाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतबाट फौजदारी तथा देवानारी मुद्घामाहरुमा जरीवाना तथा कैद फैसला भई कार्यान्वयनमा नआएका,जरीवाना नतिरेका फरार रहेका अभियmुतहरुलाई खोजेर पका्रउ गर्न थालिएको उहाँले बताउनुभयो ।
यसबीचमा प्रहरीले २० बर्षदेखि थाति रहेका र आदलतले उपस्थित गराउन बाँकी रहेका ४० जनालाई पक्राउ गरिसकेको छ । जिल्लामा हुने गरेका बिभिन्न अपराधिक गतिबिधिहरुलाई नियन्त्रण गर्नको लागि प्रहरी निरीक्षक तथा प्रहरी कार्यालयका सूचना अअिकारी लोकबहादुर जिसीको संयोजकत्वमा एक समिति गठन गरी अभियान सन्चालन गरिएको हो । मुद्घा सुनुवाईमा हुने अदालतीय ढिलाईले फैसला कार्यान्वयन गर्ने स्थानिय प्रशासन र आरोपी स्वयम पनि हैरान र्भएका छन् । बिभिन्न अपराधका आरोपितहरुले पनि फैसला छिटो गरे सहज हुने भन्दै आफैपनि ताकेता गर्न थालेका छन । जबरजस्ती करणीको आरोप लागेर छोरा भागेपछि पक्राउ परेका कोटडाडाँ ३ बस्ने चन्द्र शाहीले विना कारण आफू पक्राउ परेको भन्दै छोरालाई नै कारवाही भए सहज हुने बताए ।
यता जिल्लामा कैदी थुनुवाकालागि कारागारको अभाव हुँदा थप समस्या भएको प्रहरी निरीक्षक तथा कार्यालयका सूचना अधिकारी जिसीले गुनासो गर्नुभयो ।