२५ फाल्गुन २०७२, मंगलवार

भक्तपुर, महाशिवरात्रि पर्वका लागि केदारनाथको शिर मानिने प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा भारतबाट आएका बाबा एवम् साधुसन्तलाई आज बिदाइ गरिएको छ ।

saadhu
महाशिवरात्रि पर्वका लागि यहाँ आएका ३६५ बाबा एवम् साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको मन्दिर संरक्षण तथा विकास समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । डोलेश्वर आएका बाबा एवम् साधुसन्तमध्ये ‘क’ वर्गकालाई रु एक हजार एक, ‘ख’ वर्गकालाई रु ७०० र ‘ग’ वर्गकालाई रु ५०५ सहित एक÷एक थान कम्बल एवम् दुई÷दुई थान धोती दिएर बिदाइ गरिएको उहाँले जानकारी दिनुभयो ।

डोलेश्वर आएका नागा बाबा एवम् साधुसन्तलाई एक सातादेखि नै धुनी बाल्ने, खाने र बस्ने व्यवस्था गरिएको थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV