२५ फाल्गुन २०७२, मंगलवार

वासिङ्गटन, सोमालियामा अल कायदासँग आवद्ध सेबाब लडाकू समूहको एक शिविरमा गत शनिबार भएको अमेरिकी हवाई आक्रमणमा १५० भन्दा बढी सो समूहका लडाकू मारिएका छन् ।

america aakraman

ती सेबाब लडाकूहरुले अमेरिकासँगआवद्ध र क्षेत्रीय सुरक्षाबललाई आक्रमण गर्ने योजना बनाइरहेका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सोमबार जानकारी दिएको छ ।
यद्यपि अमेरिकी सैनिकले सोमालियामा अल कायदासँग आवद्ध लडाकूविरुद्ध नियमित रुपमा हवाई आक्रमण गर्दै आएको छ ।

न्यु अमेरिकी फाउन्डेसनकाअनुसार यो पछिल्लो हवाई आक्रमणमा ११३ देखि १३६ लडाकू मारिएका छन् । पेन्टागनका प्रवक्ता क्याप्टेन जेफ डेभिस्का अनुसार गत शनिबार रासो शिविरमा मारिएका लडाकूहरुले विदेशी र क्षेत्रीय सुरक्षाबलाई लक्ष्यगरी भीषण आक्रमणको तयारी गरिरहेका थिए ।

मानवरहित सो विमान आक्रमण मोगादिसुबाट १२० किलोमिटर उत्तरमा भएको थियो । रासस ÷एएफपी

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV