२५ फाल्गुन २०७२, मंगलवार

ट्युनिसिया, लिबियाको सीमाक्षेत्रमा ट्युनिसियाली सुरक्षाबल र आतङ्ककारीबीच सोमबार भएको झडपमा परी मारिने संदिग्ध आतङ्ककारीको सङ्ख्या ३६ पुगेको छ । ट्युनिस सरकारले मङ्गलबार सो जानकारी दिएको छ ।

AP_california_shootings-600x250

बन्दुकधारीको एक समूहले सोमबार लिबियाको सीमाक्षेत्रनजिकै रहेको सैनिक व्यारेक आक्रमण गरेपछि सो झडप सुरु भएको थियो ।

यस झडपमा परी ११ सुरक्षाकर्मी र ११ सर्वसाधारणले समेत ज्यान गुमाएका छन् । ट्युनिसियाको राजधानीबाट ४५० किलोमिटर दक्षिणमा रहेको सो सहरमा सो सुरक्षा शिविरमा सोमबार बिहानै आतंककारी हमला भएपछि सुरक्षाबलले जवाफी कारबाही शुरु गरेका थिए ।

यस उत्तर अफ्रिकी राष्ट्र गत वर्षदेखि नै कैयौँ आतङ्ककारी आक्रमण भइसकेको छ । लिबियाको सीमा क्षेत्रमा भएको यो यसै महिनामा गरिएको दोस्रो भीषण आतङ्ककारी आक्रमण भएको ट्युनिसियाली रक्षामन्त्रालयले जनाएको छ । रासस÷एएफपी

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV