२५ फाल्गुन २०७२, मंगलवार

वैशाख १७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘जंगे’ को ट्रिजर सार्वजनिक भएको छ । एक्सनलाई प्राथमिकता दिइएको टिजरमा फिल्मका प्रमुख कलाकारहरुलाई प्रस्तुत गरिएको छ । जंगबहादुर राणाको कथाबाट प्रभावित भएर निर्माण गरिएको फिल्मले शासन, सत्ता र शक्ति हत्याउन बुनिएको फोहोरी खेलबाट जंगेको उदय हुने कथालाई फिल्ममा प्रस्तुत गरिएको छ ।
222

‘जंगे’ फिल्म नेपालसँगै अष्ट्रेलिया, यु.के., यु.एस.ए., बेल्जियम लगायतका मुलुकमा एकैसाथ प्रदर्शन गर्ने तयारी रहेको फिल्म निर्माण पक्षले जनाएको छ । आडियाज एण्ड इमेजेज र अभाना प्रोडक्सनको व्यारनमा सुसन प्रजापतिले निर्माण गरेको फिल्ममा उत्कल थापाको निर्देशन रहेको छ । सुसनकै कथा रहेको फिल्ममा सुवास कोइराला र एमएस अग्रजको पटकथा संवाद, उज्जवल ढकालको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व, अल्मोडा राना उप्रेतीको संगीत र सुसनकै छायांकन छ । फिल्ममा सुरजसिंह ठकुरी, ऋचा शर्मा, अनुप बराल, नाजीर हुसेन, दीपशिखा शाही, नरेश पौड्याल, शंशांक मैनाली, प्रदिप ढकाल, सुशीलराज पाण्डे, जोयस पाण्डे, केभिन कार्की, दृश्य सुवेदीको अभिनय रहेको छ । ‘जंगे’ फिल्मलाई बैशाखको १७ देखि दर्शक सामु ल्याउने निर्माण पक्षले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV