२५ फाल्गुन २०७२, मंगलवार

दिवंगत भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको अभिनय रहेको अन्तिम फिल्म ‘इन्द्रवति’को अफिसियल प्रोमो सार्वजनिक भएको छ । ‘इन्द्रावति’ फिल्मको नाम टेलिचलचित्र ‘इन्द्रावति’ बाट लिईएको बताईएको छ । चैत 19 गते फिल्म ‘इन्द्रावति’ लाई दर्शक माझ प्रस्तुत गरीने निर्माण टोलीको टार्गेट रहेको छ ।
pics_1402836494star-on-radio-shree-krishna
‘इन्द्रवति’मा पुराना कलाकार बिपना थापा र श्रीकृष्ण श्रेष्ठको मुख्य भुमिकामा अभिनय रहेको छ । उपदिप फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘इन्द्रावति’को निर्माण टोली अहिले फिल्मको प्रोमो सार्वजनिक गरे लगत्तै प्रदर्शनको तयारीमा लागि परेका छन् । फिल्मलाई बद्रि अधिकारीले निर्देशन गरेका छन् । तेस्तै सम्भुजित बास्कोटाको संगीत रहेको छ । ‘इन्द्रवति’ फिल्मको कथाबस्तु फिल्मका निर्देशक अधिकारीकै रहेको छ । ‘इन्द्रावति’मा पुराना कलाकारहरु श्रीकृष्ण श्रेष्ठ र विपना थापाका साथै विष्णु भक्त फँुयाल,उपेन्द्र तिमल्सीना, देशभतm खनाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । प्राविधिक कारण फिल्म पहिले नै निर्माण भए पनि रीलीजमा हुन सकेको थिएन । यो फिल्म रीलीज हुनुभन्दा पहिले श्रीकृष्ण श्रेष्ठ अभिनित अन्तिम फिल्म कोहिनुर रहेको थियो ।

LIVE TV