२५ फाल्गुन २०७२, मंगलवार

त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति प्रा.डा. माधवप्रसाद शर्माको निधन भएको छ । आइतबार बिहान उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
मंगलबार एक्कसी स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

७८ वर्षीय शर्मा नेकपा एमालेको नेपाल बुद्धिजीवि परिषदका पूर्व केन्द्रीय अध्यक्ष समेत हुन् । उनी परिषदका वर्तमान सल्लाहकार समितिका अध्यक्ष पनि हुन । अत्यन्त शालिन र बौद्धिक व्यक्तित्व शर्माको निधनबाट देशलाई अपूरणीय क्षति भएको परिषदले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV