
– महाधिवेशन स्थलमा झडप , पौडेल समूहका एकको मुखै फुट्यो
– मतपेटिकामा नमुना मतपत्र पनि भेटियो
– कांग्रेस सभापतिको मतगणना रोकियो
सोमबार दिउँसो सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनमा १५ मत बढी भेटिएपछि विवाद भएको हो ।
प्रमुख निर्वाचन अधिकारी राधेश्याम अधिकारीका अनुसार निर्वाचनमा ३१२० मत खसेकोमा सर्टिङ गर्दा ३१३५ मत देखिएपछि विवाद भइ मतगणना केही समयका लागि रोकिएको हो ।
उम्मेदवारलाई टिक लगाएको १५ भन्दा बढी मतपत्र फेला परेपछि दुबै उम्मेदवार प्रतिनिधी पक्ष र निर्वाचन समिति पक्षबीच छलफल चलिरहेको छ ।