२४ फाल्गुन २०७२, सोमबार

महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा आउने भक्तजनहरुलाई लक्षित गर्दै केही संघ संस्थाहरुले विभिन्न सेवाहरु संचालन गरेका छन् । भक्तजनहरुको स्वास्थ्यलाइ ख्याल गर्दै निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ भने भीडमा हराएका ब्यक्तिहरुको खोजीका लागि सामुदायीक प्रहरीले खोजखबर शिविर पनि संचालन गरेको छ ।

vlcsnap-2016-03-07-19h19m53s880
महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा आउने भक्तजनहरुलाई लक्षित गर्दैे बिभिन्न संघसंस्थाहरुले निःशुल्क स्वास्थ्य शिविर राखेका छन् । पशुपति क्षेत्र वरपर राखिएको शिविरमा अत्यावश्यक सबै सेवा प्रदान गरिएको छ । भक्तजनहरु लामो समय लाइनमा बस्दा बेहोस हुन सक्ने, भागदौड मच्चियो भने घाइते पनि हुन सक्ने भन्दै विभिन्न संघसंस्थाहरुले एम्बुलेन्स, स्टेचर तथा ह्वीलचियरको समेत व्यवस्था मिलाएका थिए । शिविरमा सयौँको संख्यामा स्वास्थ्य सेवा दिइएकोे रेडक्रसद्धारा संचालित स्वास्थ्य शिविर संचालकले बताए । लाइनमा बसेकी एक महिलाले बच्चा समेत जन्माएको र रेडक्रसको सहयोगमा अस्पताल पठाइएको उनले बताए ।

vlcsnap-2016-03-07-19h19m37s866
शिबिरमा बिशेष गरी ग्याष्ट्रिक, टाउको दुख्ने, खोकी लाग्ने जस्ता बिरामीहरु आएका र करिब १५ जना जति बिरामीहरु बेहोस अबस्थामा उपचार गराइएको चिकित्सकहरुले बताएका छन् । सोमबार बिहानदेखि मंगलबार बिहान १० बजे सम्म निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिन सकिने बताइएको छ । स्वास्थ्य शिबिरमा बिभिन्न अस्पतालहरुबाट स्वास्थ्यकर्मीहरु खटिएका छन् ।

vlcsnap-2016-03-07-19h19m47s327
अर्कोतिर स्थानीय प्रहरीको सहकार्यमा भीडमा हराएका ब्यक्तिहरुको खोजीका लागी खोजखबर शिविर संचालन गरिएको थियो । प्रहरीको खोजखबर शिबिरमा आएका विभिन्न उजुरीहरुलाइ समाधान गरेको र हराएका दुई दर्जन बालबालिकाको खोजी गरी अबिभाबकको जिम्मा लगाइएको शिबिरमा कार्यरत प्रहरीले बताए । साथै हराएर फेला परेका सामानहरु सम्बन्धित ब्यक्तिलाइ जिम्मा लगाइएको थियो । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा आउने भक्तजनहरुमा पर्न सक्ने संभाबित समस्याहरुलाई लक्षित गर्दैे बिभिन्न सघसंस्थाले गरेका यी शिबिरहरु मंगलबार बिहानसम्म संचालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV