
गत वर्षको वैशाखमा गएको विनाशकारी भूकम्पपछि त्रिपाल र टहरामै १० महिना बिताएका पीडितले सरकारी अलमल र ढिलासुस्तीका कारण फेरि लामो समय टहरामै बिताउनु पर्ने भएको हो ।
वर्षात् नजिकिँदा समेत व्यक्तिगत घर बनाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरण सुरु नगरेपछि भूकम्पपीडितको बिचल्ली हुने भएको हो । १४ जिल्लाका भूकम्पपीडित घर बनाउन सरकारले दिने भनेको २ लाख रुपैयाँ अनुदान कुरेर बसेका छन् ।
आफूखुसी बनाउँदा पछि अनुदान नपाइने भएकाले उनीहरुले घर निर्माणको प्रक्रियासमेत सुरु गरेका छैनन्, आजको कारोबार दैनिकमा खबर छ ।