२३ फाल्गुन २०७२, आईतवार

२४ फटाफट

cropped-news.jpg

१, नेतृत्व कसरतमा कांग्रेस

कांग्रेसको नयाँ नेतृत्वका लागि दिनभर मतदान, आजै बेलुकीदेखि मतगणना, सभापतिका उम्मेद्वारले ५१ प्रतिशत मत नल्याए भोलि फेरि मतदान हुने ।

२, काग्रेसमा कडा प्रतिस्पर्धा

कांग्रेसको केन्द्रिय समितिमा ६४ पदकालागि ३१२ जनाको उम्मेदवारी, सभापतिमा शेरवहादुर देउवा, रामचन्द्र पौडेर र कृष्ण सिटौला भिड्दै,

३, बहुमत ल्याउने देउवाको दाउ

पहिलो चरणमै ५१ प्रतिशत मत ल्याउने देउवा पक्षको तयारी, सुरुकै राउण्डमा ५१ प्रतिशत ल्याउनबाट रोक्न संस्थापन पथ भिड्दै ।

४, भोटका लागि पैसा

महाधिवेशमा आफ्ना नेतलाई जिताउन कांग्रेस कार्याकर्ता प्रचारप्रसारमा, महाधिवेशनमा पद र पैशाको प्रलोभन दिईरहेका कार्यकर्ता पनि भेटिए ।

५, जन्ती बस दुर्घटना

बर्दियाको बबईमा जन्ती बस दुर्घटना हुँदा ४ को मृत्यु, २० जना घाइते, दुलाहा दुलही जीपमा रहेकाले सकुशल रहेको प्रहरीको भनाई ।

६, जीप दुर्घटनामा ३ को मुत्यु

डडेलधुरामा जीप दुर्घटना हुँदा तीन जनाको मुत्यु, मणिलेक गाविसमा से १ ज ७०६ नम्बरको जीप दुर्घटना दुर्घटनामा छविलाल अवस्थी, खगराज अवस्थी र चालक शेल भुलका मुत्यु,

७, मौसममा परिवर्तन

एकाबिहानैदेखि मुलुकभर मौसम बदली, बेलुकासम्ममा हावाहुरी र मेघगर्जनसहित देशैभरी पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान, हवाईसेवा प्रभावित ।

८, सशस्त्रको ट्वीट ह्याक

सश्स्त्र प्रहरी ट्विटर एकाउन्ट ह्याक, सश्स्त्रको ट्विटरमा कांग्रसका सभापति उम्मेदवार देउवाको प्रचार प्रसार ।

LIVE TV