२३ फाल्गुन २०७२, आईतवार

काठमाडौँ, नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वकोलागि भएको मतदान सकिएको छ । मतदानमा कुल ३ हजार १ सय ४८ मत खसेको कांग्रेस निर्वाचन आयोगले जनाएको छ ।

13 Nepali-congress

आईतवार विहान साढे नौ बजे शुरु भएको मतदान राति ८ बज्न केही समय वाँकी रहँदा सकिएको हो । कुल मतदाता संख्या ३ हजार १ सय ६१ रहेपनि १३ जना अनुपस्थित भएका छन् । मतगणना आजै  राति १० बजेवाट गर्ने कार्यक्रम रहेको कांग्रेसले जानकारी दिएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वको ६४ पदकोलागि निर्वाचन भएको हो । जसमा ३ सय १२ उम्मेदवारहरु रहेका थिए । शुरुमा सभापति पदकोलागि गणना हुने बताईएको छ । कुनैपनि उम्मेदवारको ५१ प्रतिशत आउन नसके बढी मत ल्याउने दुई जनाबीचमा पुनः निर्वाचन हुनेछ ।

LIVE TV