
बारामा जारी सिमरामा गोल्डकपको क्वाटर फाइनलमा रुपन्देही– ११ ले स्थान सुरक्षित गरेको छ । सिमरा रंगशालामा आज भएको खेलमा सशस्त्र प्रहरीको विभागीय टीम एपीएफलाई २–१ अन्तरले हराउंदै रुपन्देही– ११ प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको हो ।
प्रतिस्पर्धात्मक खेलको ४६ औं मिनेटमा रुपन्देही–११ का योगेश गुरुङले पहिलो गोल गरेकोमा ५८ मिनेटमा एपीएफका गणेश लावतीले गोल फर्काएका थिए ।
९० मिनेटको अवधिमा दुबैतर्पmबाट निर्णायक गोल हुन नसकेपछि अतिरिक्त समयमा रुपन्देही– ११ का बुद्ध चेमजोङले दोस्रो गोल गरी टीमलाई जित दिलाएका थिए ।
आजको म्यान अफ द म्याच रुपन्देही– ११ का योगेश गुरुङ भए ।
प्रतियोगिता अन्तर्गत भोलिको खेल त्रिभुवन आर्मी क्लव र थ्री स्टार क्लवबीच हुने छ ।