२३ फाल्गुन २०७२, आईतवार

 

काठमाडौँ,  गत साउन ८ गते सरकारले औषधिको मुल्य पारदर्शी बनाउन ७० प्रकारका औषधि मुल्य निर्धारण गरेको थियो । तर केही औषधि उद्योगहरुले औषधिको मूल्य बढाएर खृुलेआम बिक्री गरेको तथ्य सार्वजनिक भएको छ ।

medicine

नेपाली जनता नाकाबन्दी र इन्धनको अभावको समस्या झेलिरहेको अवस्थामा औषधि जस्तो सवेदनशील बस्तुमा औषधि उद्यमी,उत्पादक, बिक्रेताहरुले नाजायज फाइदा लिएको खुलासा भएको छ । नाकाबन्दी र इन्धन अभावको कारण देखाएर औषधि उद्योग तथा बिक्रेताहरुले चर्को मुल्य लिने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । औषधि जस्तो अत्याबश्यक बस्तुमा मुल्य बृद्धि र कालोबजारी भएको कुरा बाहिर आएको छ ।

औषधिको  तर सरकारको त्यो निर्णयलाइ कम्जोर बनाउने प्रयास गरियो र सरकारले मुल्य तोकेको ७ महिना बितिसक्दा पनि औषधि उद्योगहरुले कमिसनको खेल खेलिरहे र कालोबजारी जारी राखे तर सरकारको निर्णयलाई यो पटक कम्जोर बनाउन असफल भएका छन् औषधि उद्योगहरु । औषधी जस्तो बस्तुमा सरकारले तोकेको मुल्य भन्दा बढी लिएर बिक्री गर्नु गैरकानूनी मानिन्छ ।

नेपाली बजारमा औषधीको खुद्रा मुल्य,औषधीको प्रयोगको समयावधि र र्आैषधीको बिक्री बितरणको इजाजत दिने प्रकृया ब्यवस्थित हुन सकेको देखिदैन । बजारमा औषधी ब्यवस्था बिभाग, बाणिज्य तथा आपूर्ति ब्यवस्थापन बिभाग लगायतका निकायहरुले प्रभावकारी रुपमा बजार अनुगमन गर्न नसक्दा आम सर्वसाधारण चर्को मुल्यको औषधी प्रयोग गर्न बाध्य छन । नीजि स्वास्थ्य सस्था,अस्पताल, क्लिनिकहरुमा बिरामीले प्रयोग गरेको औषधीको बास्तविक मुल्यको बिषयमा पनि उपभोक्ता अन्यौलमा परेका छन ।

बजारमा ठुलो सख्यामा खुृलेका औषधी पसल,बिक्रेता, औषधीको उत्पादन गर्ने र औषधीको कारोवारबाट भइरहेको मुल्य बृद्धि, ठगी र अनियमितता माथि सरोकारवाला निकायहरुले प्रभावकारी बजार अनुगमन र नियमन नगरेको कारणले गर्दा आम उपभोक्ता मर्कामा परेको छन ।

 

 

LIVE TV