२३ फाल्गुन २०७२, आईतवार

बनेपा, क्षतिपूर्तिको माग गर्दै स्थानीयबासीले काभ्रेको मंगलटार–९ स्थित बीपी राजमार्ग आइतबार साँझ अवरुद्ध गरेका छन् ।
BP_Highway_Sto[_482302162

शुक्रबार बसको ठक्करबाट ४० वर्षीय विष्णुकुमार लामाको मृत्यु भएपछि उनका आफन्त र स्थानीयले क्षतिपूर्ति नपाएको भन्दै आइतबार साँझ ५ बजेदेखि राजमार्ग अवरुद्ध गरेका हुन् ।

 

राजमार्ग अवरुद्ध भएपछि सिन्धुली, रामेछाप लगायत तराईका जिल्लाहरुमा आवतजावत गर्ने हजारौं यात्रु अलपत्र परेका छन् ।

 

राजमार्ग सूचारु गर्न प्रहरी घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

 

LIVE TV