२३ फाल्गुन २०७२, आईतवार

स्याङजा, आफनै छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा बिर्घा–६ बस्ने ३३ बर्षीय सुनुवार थरका बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

raped-in-Darjeeling

पक्राउ परेका ती व्यक्तिले शुक्रबार आफ्नै १० बर्षीया छोरीलाई जवरजस्ती करणी गरी फरार भएको खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले उनलाई पाल्पा दैलाथुम भन्ने स्थानबाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान  गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV