
काठमाडौँ महानगरपालिका खुसिँबु डेरा गरी बस्ने सङ्गीता थापा (पाण्डे) शनिबार मृत अवस्थामा फेला परेपछि प्रहरी नायब निरीक्षक रहेका उनका श्रीमान् युवराज पाण्डेलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ ।
गोर्खा फुजेल–१ घर भएकी २७ वर्षीया थापा शनिबार बिहान ढोका ढक्ढकाउँदासमेत नउठेको भन्ने जानकारीका आधारमा महानगरीय वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको रोहवरमा ढोका फोरेको थियो ।
ढोका फोरी हेर्दा कोठाको खाटमा ब्लाङ्केट ओडेका अवस्थामा नाक र मुखबाट फिँज आई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
अञ्चल प्रहरी कार्यालय लुम्बिनी दरबन्दी भई इलाका प्रहरी कार्यालय बेथरी, रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकोे छ ।
मृतकका आफन्तले पाण्डेको हत्या भएको भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै आज सोह्रखुट्टे क्षेत्रमा प्रदर्शन गरेका छन् । रासस