२३ फाल्गुन २०७२, आईतवार

बबई नगरपालिका ६ स्थित सडक खण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनका साथै २६ जना घाइते भएका छन् ।

images

बर्दियामा शनिबार राति १० बजे जन्ती बोकेको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै ज्यान गएको हो।

दुर्घटनामा परि मृत्यु हुनेमा बर्दिया धधवार ७ का १७ वर्षीय विष्णु थारु, १९ वर्षीय सन्तोष थारु, निरज थारु र १४ वर्षका अरुण थारु रहेको प्रहरीले बताएको छ ।

दुर्घटनामा २६ जना घाइते भएकोमा ६ जना डिस्चार्ज भइसकेका छन् भने बाँकी २० जनाको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ । तीमध्ये तीनको अवस्था गम्भीर रहेको अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV