२३ फाल्गुन २०७२, आईतवार

कोलोम्बो, श्रीङ्लकामा आइतबार २९ भारतीय माझी पक्राउ परेका छन् । ती माझीहरु श्रीलङ्काको जलक्षेत्र गैरकानूनी रुपमा प्रवेश गरेको आरोपमा नौसेनाले पक्राउ गरेको जनाइएको छ ।

maajhi
ती माझीहरुलाई श्रीलङ्काको उत्तर र उत्तरपश्चिमी इलाकामा रहेको समूद्रबाट पक्राउ गरिएको बताइएको छ ।

ती माझीहरुसँग रहेका काठका स¬– साना डुङ्गाहरुसमेत नौसेनाले कब्जा गरेको छन् । भारतीय माझीहरु गत केही बर्षयता श्रीलङ्काको जलक्षेत्रमा गैरकानूनी रुपमा प्रवेश गरेको आरोपमा बारम्बार पक्राउ पर्ने गरेका छन् । यस मुद्दा समाधानको लागि दुुबै देश सङ्र्घषरत रहेका छन् ।

भारतका विदेश मन्त्री शुष्मा स्वराजले यस मुद्दा विषयमा श्रीलङ्काको वरिष्ठ नेताहरुसँग वार्ता गर्ने बताउनु भएको भारतीय सञ्चार माध्यमहरुले गत हप्ता नै जानकारी दिएको थियो । रासस ÷सिन्ह्वा

 

LIVE TV