२३ फाल्गुन २०७२, आईतवार

काठमाडौँ, दरवारमार्गस्थित द पनास रनवेले प्रत्येक बर्ष झै यसबर्ष पनि आर्मी अफिसर्स क्लवमा फेस अफ पनाचे सिजन २ प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा गरायो । जुन कार्यक्रमको आयोजक द पनास रनवे र इभेन्ट म्यानेजमेन्ट भने हाउस अफ फेसनको तर्फबाट वसिमा वानुले गरेकी थिइन । प्रतियोगिताको विजेता रचेन्द्र खण्ड, फस्ट रनरअप मेध्ना चौधरी, सेकेन्ड रनरअप सन्दीप पोखरेल भए ।

Panesh

त्यस्तै ११ जनालाई सव टाईटल अवार्ड दिइएको थियो । तर प्रतियोगिता पनि विवाद रहित हुन सकेन । इभेन्ट म्यानेजमेन्ट कम्पनीकी वसिमा वानुले सक्षम प्रतियोगि लाई नजिताएको आरोपमा प्रतियोगताको विरोध गर्दै हिडेको आरोप आयोजकले लगायका छन । आयोजकको इभेन्ट म्यानेजमेन्ट कम्पनीका वसिमा वानुले आफ्नो भाई अकेस ताम्राकारलाई विजय बनाउन चाहेको पनि आरोप लगाएका छन ।इभेन्टको म्यानेजम्यान्ट हेरेकी ओसिमा बानुले भने सम्झौता अनुसार पाउनु पर्ने पारीश्रमीक पनि आयोजकले नदीएको र बदनाम गर्न खोजेको बताएकी छिन ।यसै बिषयम आबस्यक कानुनी प्रक्रिया अगाडि बडाएको पनि उनले बताएकी छिन ।

प्रतियोगताको निर्णायकहरुमा नायक राजेश हमाल, सरोज खनाल, नारायण पुरी, गोल्छा अर्गनाइजेसनका संजय गोल्छा, रुपीज इन्टरनेशनलकी संचालिका रुपी सिंह, विदुषी राणा, मेघा बैंककी रविना देशराज श्रेष्ठ, उद्योगी रायषा टिब्डेवाल, भिट्री लाउन्जकी संचालिका निरा श्रेष्ठ र पत्रकार मेहुल सुथार थिए ।

LIVE TV