२३ फाल्गुन २०७२, आईतवार

सरकारले गत बुधबार नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलाई नियुक्त गरेसँगै केन्द्रीय बैंक पूर्ण बनेको छ । तर, साढे दुईमहिनादेखि खाली डेपुटी गभर्नको नियुक्तिसँगै केन्द्रीय बैंकभित्र वरिष्ठ र कनिष्ठको इगो भुसको आगोझै्र सल्किएको मात्रै छैन, अबका केही वर्षसम्म काममा स्वतः असर पर्ने सम्भावना पनि देखिएको छ ।

rastrabank

बिहीबार डेपुटी गभर्नरको सपथ तथा पदबहालीका क्रममा पनि यसको संकेत देखिएको छ । १३ मध्ये ५ कार्यकारी निर्देशकले मात्रै अहिलेको परिस्थिति स्वीकारेको देखिन्छ । बिहीबार उपस्थितमध्ये भीष्मराज ढुंगानामात्रै वरीयता हिसाबले शिवाकोटीभन्दा वरिष्ठ हुन् भने लक्ष्मीप्रपन्न निरौला, शंकरप्रसाद आचार्य, राजनविक्रम थापा र शिवनाथ पाण्डे शिवाकोटीभन्दा तल्लो वरीयतामा छन् । आजको कारोबार दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV