२३ फाल्गुन २०७२, आईतवार

देशीविदेशी साधुसन्त र नागाबाबाको चहल पहल बढ्थ्यो । यसपालि भने पर्व संघारमै आइपुग्दा पनि उनीहरुको उपस्थित न्यून छ ।

भोलि सोमबार मनाइने महाशिवरात्री पर्वका लागि साधुहरुको उपस्थिति उत्साहजनक नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

sadhu

शिवरात्री पर्व व्यवस्थापन तयारीबारे जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा कोषका निर्देशक रमेश उप्रेतीले यस वर्ष साधुसन्तको उपस्थिति घटेको बताए । साधुसन्तहरु भारतबाट आउने गरेकोमा यस वर्ष नाकाबन्दी र नेपालको नकारात्मक प्रचारले साधुहरु आउन नसेकेको उनको भनाइ छ । आजको नागरिक दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV