२३ फाल्गुन २०७२, आईतवार

नेपाली कांग्रेस नेतृत्वका लागि तीन नेता चुनावी रस्साकस्सीमा होमिएका बेला सशस्त्र प्रहरी बलको आधिकारिक ट्विटर ह्यान्डलबाट सभापति प्रत्याशी शेरबहादुर देउवा प्यानलको सामग्री सम्प्रेषण भएको छ ।

APF-Police-Nepal

सशस्त्र प्रहरी ऐन र नियमावलीअनुसार संगठनले कुनै राजनीतिक दल वा व्यक्तिलाई समर्थन गर्नु, राजनीतिक दलको सदस्यता लिनु दण्डनीय हो । तर, सभापतिका लागि देउवासँगै रामचन्द्र पौडेल, कृष्ण सिटौला प्यानलसहित चुनावी मैदानमा उत्रिएका बेला सशस्त्रले आधिकारिक ट्विटर ह्यान्डल ‘नेपालएपिएफ’ बाट देउवा प्यानलका उम्मेदवारको सूची सेयर गरेको हो । आजको नागरिक दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV