२३ फाल्गुन २०७२, आईतवार

काठमाडौं । घरको भग्नावशेष । छेवैमा अरुका झै जस्ताको अस्थायी टहरो ।  साथमा थियो, परिचयपत्र पनि । भूकम्पपीडितका रुपमा योभन्दा बलियो प्रमाण अरु के हुन सक्छ ? भोटेचौर गाविसका एक स्थानीयले यिनै प्रमाणका आधारमा क्षतिग्रस्त घरको लागत संकलन गरिदिन आग्रह गर्दा गाउँ पुगेको सर्भेयर टोलीले बास्तविकता अर्कै पायो ।  उनी नक्कली भूकम्पपीडित रहेछन् । अाजको नागरिक दैनिकमा समाचार छ ।

घर भूकम्पले भत्काएको थिएन ।  भूकम्पअघि घर भत्किएको थियो, पुरानो भएका कारण । इन्जिनियर हर्कमान लामा नेतृत्वको सर्भे टोलीले उनको घरको लगत संकलन गरेन । टोलीलाई अबरोध खडा गरियो ।

ghar

भूकम्पले घर भत्केको हो भनेर फोटो खिचाउन तीब्र दबाब दिँदै लगत संकलनमा दिनभरजसो अवरोध पुर्याइयो । यतिसम्म कि एकै व्यक्तिले खडा गरेको व्यबधान हटाउन प्रहरी परिचालन गर्नुपर्यो ।

भूकम्पबाट क्षतिग्रस्त घरको लागत संकलन गर्न बराम्ची गाविस पुगेको सर्भेयर टोली त जिल्ल पर्यो ।  टोलीले यस्ता एक पीडित भेट्यो, उनीसँग परिचयपत्र बाहेक केही थिएन । उनले भूकम्पले क्षतिग्रस्त भनिएको घरको जग कहाँ थियो भन्ने देखाउन सकेनन् ।

बाहुबलका आधारमा उतिबेला लिएको भूकम्पपीडित परिचयपत्रले अहिले आवास पुननिर्माण लगत संकलन कार्यक्रमलाई प्रभावित पारेको छ । लगत टोलीले ट्यावलेटमार्फत गाउँ गाउँका घरसंरचना क्षतिको बिबरण सिधैं तत्यांक विभाग पुर्‍याइ रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV