२३ फाल्गुन २०७२, आईतवार

काठमाडौं । पर्सामा सशस्त्र भूमिगत संगठनहरुको नाममा चन्दा र फिरौती माग्ने आतंक फेरि सुरु भएको छ ।

दुई सातायता वीरगन्जका शिक्षक र व्यापारीलाई विभिन्न भूमिगत संगठन र समूहको नामबाट पत्र, फोन र एसएमएसमार्फत रकम माग्ने क्रम सुरु भएको आजको अन्नपूर्णमा समाचार छ ।

भूमिगत संगठन थारु मधेसी मुक्ति मोर्चाले पर्साका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई जनही एक हजार रुपैयााका दरले रकम बुझाउन उर्दी नै जारी गरेको छ । मोर्चाले पर्साका नौवटा श्रोत केन्द्रमा चिठी नै पठाएर रकमका लागि उर्दी जारी गरेको हो ।

भूमिगत समूहकहो नामबाट रकमका लागि उर्दी जारी भएपछि सामुदायिक विद्यालयका शिक्षकममा खैलाबैला मच्चिएको छ । चन्दा रकम नदिए वा प्रहरीलाई खवर गरे मोर्चाले भौतिक कारबाही गर्ने धम्की दिएको छ । मोर्चाको उर्दी पछि शिक्षकहरुले असुरक्षित महसुस गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV