
बेलुकासम्ममा हावाहुरी र मेघगर्जनसहित देशैभरी पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान, हवाईसेवा प्रभावित ।
आज बिहान राम्ररी उज्यालो हुन नपाउँदै देशका धेरै ठाउँमा मौसम बदली भएको छ । केही ठाउँमा त केही परको दृश्य समेत राम्ररी देख्न नसकिने गरी अँध्यारो भएको छ ।
पश्चिमी वायुको असरका कारण देशभरीकै मौसम बदली भएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले यो वायु पश्चिमबाट पूर्व्तिर गइरहेकाले पश्चिम र मध्य क्षेत्रको मौसम पूृर्ण रुपमा बदलिएको छ । बेलुकासम्ममा हावाहुरी र मेघगर्जनसहित देशभरी नै पानी पर्ने सम्भावना छ । मौसम बदली भएपछि हवाई उडान प्रभावित भएको छ । बिहानको आन्तरिक उडान ठप्प रहेको र अन्तराष्ट्रिय उडान मात्र भइरहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।
काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा आज बिहानैदेखि मौसम बदली भएको छ । आज देशभरीकै मौसम आशिंक बदली हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।