२२ फाल्गुन २०७२, शनिबार

काठमाडौँ, महाशिवरात्रि पर्व नजिकिएसंगै आराध्यदेव पशुपतिनाथमा चहलपहल सुरु भएको छ । हिन्दुहरुको महान् पर्व महाशिवरात्रीमा देश विदेशबाट साधु सन्तहरु काठमाडौं भित्रिएका छन् । पशुपतिनाथमा अहिले साधुहरुको भीड बढीरहेको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीका दिन भक्तजनलाई दर्शन गराउन विभिन्न व्यवस्थाह गर्दै तयारी अन्तिम चरणमा पु¥याएको छ । हरेक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने सो पर्व यसपटक भने त्रयोदशीका दिन सोमबार परेको छ । यस पर्वमा  हिन्दू धर्मावलम्बीले पशुपतिनाथ लगायत देशभरका शिवालयमा भगवान शिवको पूजा–आराधना गरी उपासना गर्ने प्रचलन छ ।

pasupatinath

शिवरात्रि हिन्दुहरूको प्रमुख चाड हो । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।

शिवरात्री पर्वलाई लक्षित गरेर दुई दि न अघि देखि भरिएका नागा बाबा र साधु सन्तको पाशुपत क्षेत्रमा घुइचो लागेको छ । भारतबाट आउने विशेष महत्वका साथ हेरिने नागा बाबा र साधु सन्तहरुको जमातले पशुपतीनाथको रौनक झन बढाएको छ । रङ्ग रोगन गरेर सजाइएको पशुपती मन्दिर निकै नै आकर्षक देखिएको छ । विभिन्न ठाउँमा झिलिमिली बत्तीहरुको प्रयोग गरी पशुपती प्रवेशद्वारको साजसज्जाको कार्य अन्तिम चरणमा पुगेको छ ।

वशेष गरेर आराध्यदेव पशुपतिनाथमा महाशिवरात्रीको अवसरमा दर्शन गर्न आउनेहरुको भीड र छिमेकी भारत लगायत विभिन्न स्थानबाट भक्तजनको प्रमुख धार्मिक केन्द« रहेको पशुपती क्षेत्रलाई लोभायमान र शोभायमान बनाउन कोषले कुनै कमी नछोडेको देख्न सकिन्छ ।  शिवरात्रीको तयारीको लागि पशुपती क्षेत्र विकास कोषले दर्शनभिलासीहरुको लागि छिटो भन्दा छिटो दर्शन गर्ने व्यवस्था मिलाएको जनाएको छ । ३हजार भन्दा बढि स्वयंसेवक र ५ हजार भन्दा बढि सुरक्षाकर्मी तैनाथ गरेर पाशुपत क्षेत्रको सुरक्षाव्यवस्था मिलाएको कोषको भनाइ छ ।

यसरी हेर्दा महाशिवरात्री पर्वको लागि नाकाबन्दीले छिमेकी देशबाट आउने भक्तजनलाई कुनै पनि असर नगरेको देखिन्छ । नागा बाबाको आगमन , साधु सन्तले भरिएको पशुपति क्षेत्र दुई दिन अघि नै सजिसजाउ गरिएको छ ।

 

LIVE TV