२२ फाल्गुन २०७२, शनिबार

बर्दिया, १७ बर्ष अघि सरकारले कमैयाहरुलाई मुक्त गरी मुक्त कमैयामा रुपान्तरण गरे । त्यसपछि सरकारले पुनर्वासको व्यवस्था गर्ने आश्वासन दिए पनि झण्डै दुई दशक हुनै लाग्दा समेत मुक्त कमैयाहरु अझै खेतबारीमा बस्दै आएका छन । केहीले सरकारी जग्गा प्राप्त गरे पनि अधिकांशले अहिले सम्म जग्गा समेत पाएका छैनन् ।

paani ko haha

जग्गा पाएर पनि बसोबास गर्ने कालिका ४ बर्दिया टेशनपुरका मुक्तकमैया परिवारलाई अहिलेसम्म भौतिक पूर्वाधारहरुका काम समेत हुन सकेको छैन । कतिसम्म भने टेशनपुरका स्थानीय मुक्तकमैया र सुकुम्बासी परिवारले त्यस स्थानमा बसेको १७ बर्ष पुगिसक्दा समेत अहिलेसम्म पिउँने पानी समेत पाउँन सकेका छैनन् । टेशनपुरमा अहिले करिव १ सय २५ घरपरिवारको बासोबास रहँदै आएको छ । तर स्वच्छ पिउँने पानीको अभावमा यहाँका स्थानीयहरु प्रायः विरामी परिरहने स्थानिय बासिन्दाको गुनासो छ ।

हुन त यहाँ खानेपानीको लागि हेण्डपाईपको व्यवस्था गरिएको छ । तर हेण्डपाइपको पानी समेत स्वच्छ नहुने गरेको र आर्सेनिकको मात्रा समेत उच्च रहेको स्थानीयको गुनासो छ । तताउँदा पहेलो बाक्लो पदार्थ समेत देखा पर्ने भए पनि बाध्यतावश यस्तै पानी पिउँन परेको उनीहरु बताउँछन् ।

 

मुक्त कमैया बस्तीमा उचित पानीको ब्यवस्था समेत नभएको जनगुनासो बढेपछि अहिले मुक्तकमैया बसोबास गराउँने जिम्मा लिएको जिल्ला भूमिसुधार कार्यालय बर्दियाले तत्काल जिल्ला विकास समितिको कार्यालयसँग समन्वयगरि उचित पिउँने पानी ब्यवस्था गरिने जिल्ला भुमिसुधार कार्यालय बर्दियाकाप्रमुख नरहरी तिवारीले बताउँनुभयो ।

बर्दिया जिल्लाका करिव दुई दर्जन स्थानमा बस्दै आएका करिव ११ हजार मुक्तकमैयाहरुको स्थिति पनि यस्तै रहेका छन्  । ती मध्ये कतिले त अहिलेसम्म जग्गा पाउँन सकेका छैनन् भने पाएकाहरुले पनि भौतिक पुर्वाधार निर्माण हुन नसक्दा हुनसम्मको सास्ती बेहोर्नुपरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV