
नेपालमा २०१५ मा ४१ वटा जिल्लामा यो अभियान लागू गरिएको थियो । एक जिल्लामा लगातार पाँच वर्ष सम्म चल्ने यो अभियान अहिलेसम्म नेपालका २० वटा जिल्लामा पुरा भइ सकेको छ र निगारानीको चरणमा छ । यसै सन्दर्भमा जिल्ला स्वास्थ्य कार्यालय इलामले पनि एक कार्यक्रम गरेर पाँचौ राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तरगत इलाम जिल्लामा हात्तीपाईले रोग विरुद्ध औषधि फागुन २९ गते देखि चैत १ गते सम्म जिल्लाका सवै गाविस तथा नगरपालिकामा खुवाउने कार्यक्रम तय गरेको छ । यसै विषयमा पत्रकारहरुलाई जनाकारी दिदै जनस्वास्थ्य कार्यालय इलामका प्रमुख राजकुमार पोखरेलले नेपालमा सन् २००३ मा शुरु भएको यो कार्यक्रम प्रभावकारी वन्दै गएको बताउनुभयो ।
नेपालको पर्सामा पहिलो पटक हात्तिपाईले रोग विरुद्धको ओषधि खुवईएको थियो । एक जिल्लामा लगातार पाँच वर्ष सम्म चल्ने यो अभियान अहिले सम्म नेपालका २० वटा जिल्लामा पुरा भइ सकेको छ र निगारानीको चरणमा छ । यो औषधि दुई वर्ष भन्दा माथिका र ७० वर्ष उमेर समुह मुनीका सवैलाई खुवाईन्छ । गर्भवती र सात दिन सम्मका सुत्केरी आमाहरुलाई यो औषधि खुवाउनु हुँदैन साथै सिकिस्त विरामीले पनि यो औषधि सेवन गर्नु हुँदैन । यस वर्ष पूर्वमा पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, ओखलढुंगा, धनकुटा, तेह्रथुम, सिरहा, भोजपुर, उदयपुर, मध्यमाञ्चलमा ललितपुरको ग्रामीणभाग पश्चिममा लमजुङ, म्याग्दी, पर्वत, वाग्लुङ, क्mपिलवस्तु, मध्यपश्चिममा रोल्पा, रुकुम, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, जाजरकोट, दैलेख, र सुदुरपश्चिममा कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ्ग, बैतडि, दार्चुलामा यो कार्यक्रम सञ्चालन भईरहेको छ । यो कार्यक्रम अन्तरगत ३६ जिल्लाका एक करोड तीस लाखलाई यो औषधि खुवाउने लक्ष्य राखिएको छ । यो कार्यक्रमलाई सफल पार्न तेह« हजार अठहत्तर स्वास्थ्यकर्मी र ६५ हजार छ सय अठहत्तर स्वस्थ्य स्वयंसेविकाहरु परिचालन भएका छन् ।