२२ फाल्गुन २०७२, शनिबार

नेपालगन्जम, एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले देशको बिकासका लागि राष्ट्रिय एकताको सरकार बन्नुपर्ने  बताउनुभएको छ । उहाँले १६ बुँदे सम्झौता अनुसार काँग्रेस सहितको नयाँ सहमतिको सरकार गठन गर्ने सहमति भएको उल्लेख समेत गर्नुभयो ।

prchand

एकृकित माओवादी बाँकेले शनिवार नेपालगन्जमा आयोजना गरेको समसामयिक राजनीतिक विषयक अन्तरक्रियामा अध्यक्ष दाहालले आफूले सहमतीको नयाँ सरकार बनाउने भनिरहँदा कतिपयलाई एमालेको सरकारलाई गिराउने षड्यन्त्रमा लागेको भन्ने भ्रम परेको बताउँनुभयो । तर सहमतीको नयाँ सरकार बनाउने कुरा एमाले सरकारलाई ढाल्ने भन्ने आशय नभएको उहाँको स्पष्टोक्ति थियो ।

भूकम्पले पारेको क्षतिको मलहम लगाउन नपाउँदै नेपालीलाई भारतले गरेको अघोषित नाकाबन्दीको मार खेप्न परेको भन्दै एकृकित माओवादीका अध्यक्ष दाहालले अघोषित नाकाबन्दीले सबै नेपालीलाई परनिर्भताको पाठ सिकाएको जिकिर गर्नुभयो । नकरात्मक रुपले भए पनि राष्ट्रिय एकता र राष्ट्रियताको भावना जागृत बनाएको दाबी गर्नुभयो ।

उहाँले देशलाई स्थिर राजनीतिक वातावरणमा लैजान मधेसी मोर्चासँग सहमतिको प्रयास भइरहेको जानकारी समेत दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV