
अर्घाखाँचीको नरपानी रातामाटामा लु १ च ५९४७ नम्बरको कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।
दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन । सन्धिखर्कबाट बुटबल जाँदै गरेको कार दुर्घटना हुँदा रुपन्देही सालझण्डी-४ का लोकप्रसाद श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।