२२ फाल्गुन २०७२, शनिबार

सवारी–साधनले ठक्कर दिएका यात्रुलाई अस्पताल नलगी राजमार्गको जंगलमा फालेर हिँड्ने एक सवारीचालकलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

212
गत १६ गते बिहान बाराको जितपुरमा २२ वर्षीया विन्दा ठाकुरलाई ठक्कर दिइ घाइते बनाएर नजिकैको जंगलमा फालेर हिँड्ने २३ वर्षीय सञ्जय लामालाई इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो ।

उनले बा१२च १६८३ नम्बरको पिकअप भ्यानले ठक्कर दिएर घाइते भएकी ठाकुरलाई अस्पताल नलगेर जंगलमा फालेर हिँडेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV