२२ फाल्गुन २०७२, शनिबार

काठमाडौँ, सन्धि समान हुन्छन , सम्झौता बराबरीमा नै गरिन्छ । तर नेपाल र नेपाली जनताले इतिहासमा यस्ता अपमानजनक र पीडादायी सन्धि सम्झौताहरु गर्नु प¥यो जस्को असर अहिलेसम्मको पुस्ताले भोगिरहनु परेको छ । हुनत इतिहासमा गर्व गर्न लायक धेरै पानाहरु पुर्खाले नै भरिदिएका छन् , जस्को आधारमा अझै पनि हामी नेपाली हौं भनेर शीर उच्च पार्ने र टेक्ने धर्ती मनग्ये छन् । तर युद्दमा हराउन नसकेका र पेलेर गलाउन नसकेका ती अंग्रेज र छिमेकी भारतीय शासकले कुटनीतिक र कागजी खेलमा नेपालीलाई ठाउँठाउँमा गलाए , धेरै पानाहरुमा झुक्याए । जुन कहिले सुगौंली सन्धि भएर दुख्छ त कहिले कोशी बनेर कटकटी खान्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV