२२ फाल्गुन २०७२, शनिबार

अफगास्तिान, अफगानिस्तानका तालिवान सशस्त्र हतियारधारी बिरुद्ध अफगान सैनिक र प्रहरीले संयुक्तरुपमा गरेको कारबाहीमा परी कम्तीमा पनि ११ जना तालिवान लडाकू मारिएका छन् ।
taliwan1
अफगानिस्तानमा गएको वर्षदिनभन्दा पहिलादेखि नै त्यहाँका नेटो सेनाले अफगानिस्तान छोडेर बाहिरिएको भएपनि अफगान सेनाले नै कारबाही गर्ने गरेको छ ।
यसै कारबाहीका क्रममा शनिबार ११ व्यक्तिकोे मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् । मारिनेमा सबै तालिवान विद्रोही परेका समाचारमा उल्लेख गरिएको छ ।

सो कारबाही अफगानिस्तानको पश्चिमीप्रान्त हेरातमा शनिबार बिहान गरिएको समचारमा जनाइएको छ । त्यस क्रममा केही सैनिक पनि घाइते भएका छन् ।
अफगानिस्तानको राष्ट्रिय प्रहरी र सैनिकले ओबे र चेस्टी सारिफ जिल्लामा गरेको कारबाहीमा कम्तीमा पनि ११ जना लडाकूको मृत्यु भएको जिल्ला प्रशासन प्रमुखले बताउनुभएको छ ।

अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भएपछि पनि हिंसा रोकिएको छैन ।
पछिल्लो समयमा अफगान सैनिक र सर्वसाधारण नागरिकमाथि नै आक्रमणका घटनामा वृद्धि भएको बताइन्छ । रासस÷एपी
––––––

 

LIVE TV