२२ फाल्गुन २०७२, शनिबार

काठमाडौँ, नजिकिदै गरेको महाशिवरात्रि पर्वलाई लक्षित गरेर पशुपति क्षेत्र विकास कोषले आइतबार सम्ममा पशुपतिको सम्पूर्ण तयारी पूरा गर्ने जनाएको छ । पशुपति क्षेत्र विकास कोषले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर तयारी अन्तिम चरणमा पुगेको बताएको हो ।

pasupatinath

हिन्दुहरुको महान पर्व महाशिवरात्रिलाई लक्षित गरेर पशुपतिनाथ मन्दिरमा आउने भक्तजनहरुको लागि पशुपति क्षेत्र विकास कोषले तयारी तीव्र पारिएको छ । कोषले हिन्दुहरुको आराध्यदेव महादेवको पर्वको लागि पशुपतिमा आउने लाखौँ दर्शनार्थीहरुको लागि दर्शन गर्ने प्रवन्ध मिलाएको छ ।

शिवरात्रिमा आउने दर्शनार्थीहरुका लागि चार दिशाबाट मन्दिर प्रवेश गरिसकेपछि आधा घण्टामा दर्शन गर्न मिल्ने व्यवस्था मिलाएको कोषका सदस्य सचिव गोविन्द टन्डनले बताउनुभयो ।

मन्दिर र शिवरात्रि पर्वको सुरक्षा व्यवस्थाको लागि ३ हजारको हाराहारीमा स्वयंसेवक , नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरी र राष्ट्रिय अनुसन्धान लगायतबाट झण्डै ५ हजार  सुरक्षाकर्मीहरुको व्यवस्था मिलाएको कोषले जनाएको छ ।  झण्डै १० लाखको हाराहारीमा दर्शनार्थी आउने अनुमान गरेको कोषले ७ लाखले दर्शन गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV