२२ फाल्गुन २०७२, शनिबार

काठमाडौँ, भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीले काँग्रेस महाधिवेशनको उद्घाटन समारोहमा प्रचण्डले खुल्लामञ्चबाट सोधेको प्रश्नको जवाफ शनिबार रिपोटर्स क्लबमा दिएका छन् ।

Bhagat-Sing-Kosiyari-300x183

‘नाकाबन्दी बेहोर्नु पर्ने गरी हामीले के गल्ती गरेका थियौँ ?’ भन्ने प्रचण्डको प्रश्न थियो । त्यसको जवाफमा कोसियारीले भने, ‘प्रचण्डले मलाई गार्जेन (अभिभावक) भन्छन् । उनले गार्जेन ठानेर नै त्यस्तो भनेका होलान् । हामी नेपालमा नाकाबन्दी होस्, नेपाली जनताहरु भोकै मरुन भन्ने चाहदैनौं ।’

साथै उनले नेताहरुले देशका लागि जे आवश्यक छ, त्योमात्रै बोल्नुपर्छ भन्दै प्रचण्डको अभिव्यक्तिप्रति असन्तुष्टि पनि जनाए । ‘नेताहरुले देशको प्रगतिका लागि जे आवश्यक छ, त्यो मात्रै बोल्नु पर्छ,’ रिपोटर्स क्लबले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘भारतसँगै नेपालको पनि प्रगति हुनुपर्छ ।’ हतियार छाडेर आएको मान्छे भएकाले प्रचण्डको कुरालाई आफूहरुले सकारात्मक रुपमा नै लिने कोसियारीको प्रतिक्रिया छ ।

साथै उनले नेपालको संविधानमा थोरै कुरामात्रै मिल्न बाँकी रहेको बताए । ‘संविधानमा १ प्रतिशतभन्दा थोरै विषय मिल्न बाँकी छ । नेपालका सबै नेताहरुसँग मेरो कुराकानी भएको छ । अलिकति सीमाङ्नको विवाद मात्रै हो, मिल्छ भन्नुभएको छ। मलाई विश्वास छ, छिट्टै त्यो विषय मिल्छ र नेपालको संविधान कार्यान्वयनका सबै समस्या समाधान भएर जान्छन्,’ कोसियारीले भने ।

साथै संविधान बनाएकोमा नेपाली नेतालाई धन्यावाद दिँदै उनले संविधान कार्यान्वयन भएर मुलुक संवृद्धिको दिशामा अघि बढ्ने विश्वास पनि व्यक्त गरे ।

 

LIVE TV