२२ फाल्गुन २०७२, शनिबार

उदयपुर, कृषि विकास मन्त्री हरिवोल गजुरेलले जनयुद्धको आधार इलाकालाई अदुवा तथा फलफुल उत्पादनको पकेट क्षेत्र घोषणा गर्ने बताएका । यस वर्ष एमाओवादीले मनाईरहेको सहिद सप्ताहको अन्तिम दिन जनयुद्धको आधार इलाका पर्ने हर्देनीको गहुँवारीमा एमाओवादी निर्वाचन क्षेत्र नं. ३ उदयपुरले आयोजना गरेको शहिद पार्क तथा अर्धकदको शालिक अनावरण कार्यक्रममा मन्त्री गजुरेलले यस्तो बताएका हुन ।

राष्ट्रिय कृषक समूह महासंघ उदयपुर, जनयुद्धका आधार इलाका पर्ने मयाँखु, लेखानी, ओख्ले, हर्देनी लगायतका एमाओवादी गाउँपार्टीले अदुवाको पकेट क्षेत्र घोषणा गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । मन्त्रीलाइृ मायाको चिनो स्वरुप अदुवा समेत स्थानीय कृषकले दिएका थिए ।

haribol-gajurel-uadayapur

जनयुद्धको बेला सहादत प्राप्त गरेका उदयपुरका यस क्षेत्रका ६ जना सहिदको नाममा बनाइएको सहिद स्मारकको उद्घाटन तथा तिनका परिवारलाई सम्मान गर्दै मन्त्री गजुरेलले उदयपुरको पश्चिमी गाविसलाई अदुवा तथा फलफुल उत्पादनको पकेट क्षेत्र बनाउने घोषणा गरे ।

मन्त्री गजुरेलले हर्देनी, लेखानी, सिरिसे, मयाँखुलाई अदुवा उत्पादन गर्ने पकेट क्षेत्र घोषणा गर्न कृषि बिशेषज्ञको टोली तत्काल पठाउने बताए । ‘म कृषि मन्त्री भएकै वेला यस क्षेत्रलाई अदुवा उत्पादनको पटेक क्षेत्र घोषणा गर्ने छु ।’ गजुरेलले भने, हामीले अहिले जनयुद्धका आधार इलाकालाई विकासका कार्यक्रमबाट सुदृढ बनाउँदै लानुपर्छ ।

जनयुद्धको वेला आफुले यस क्षेत्रमा बसेर जनयुद्धको नेतृत्व गरिरहेको वेला सहिद भएका सहिदहरुलाई सम्झदै भावुक भएर भने, ‘आज सहिदकै वलमा नयाँ संविधान आएको र तीनै सहिदको रगतले आज देश संघीय लोकतान्त्रिक गणतन्त्र भएको हो ।’ गजुरेलले माओवादीले गल्ती गरेकै कारण आज माओवादीमा फुट्नुको मूख्य कारण रहेको भन्दै पार्टी नयाँ भएकाले काम गर्ने शिलशिलामा गल्ती भएको र अवका दिनमा गल्ती सच्याउँदै पार्टी एकता हुने बताए ।

‘नयाँ काम गर्दा गल्ती हुन्छ माओवादीमा पनि शान्ति प्रक्रियामा आएपछि धेरै गल्ती भए ।’ गजुरेलले प्रसङ्ग बदल्दै भने, कृषकले नयाँ नयाँ खेती गर्दा गल्ती हुन्छ त्यस गल्तीलाई सुधार गर्दै गयो भने व्यवसायीक खेती गर्न सिकिन्छ ।’

जनयुद्धलाई आफुले गाँउकै किसानहरुसँग बसेर नेतृत्व गरिरहँदा गाउँमा रहेका किसानहरुले सरकारी अनुदान र मल नपाउने अवस्था देखेको हुँदा यसलाई अन्त्य गर्न किसान परिचय पत्रको व्यवस्था लागू गर्ने तयारी अन्तीम चरणमा पुगेको उनले जानकारी दिए ।

‘परिचय पत्र वितरण योजना मन्त्रिपरिषदको बैठकबाट पास भएर अर्थ मन्त्रालय पुगेको छ ।’ गजुरेलले भने, आगामी बजेटबाट कार्यान्वयनमा आउने छ ।’

मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै तत्कालै यस जनयुद्धको आधार इलाकालाई एमाओवादीको आधार इलाका निर्माण गर्दै कृषी आधार इलाका निर्माण गर्न मन्त्री गजुरेलाई माग गरेकी थिईन । एमाओवादी उदयपुरका अध्यक्ष भिमबहादुर अधिकारी अनिलले किलोशेरा टु मा उदयपुर पार्टीलाई जोगाउने यस क्षेत्रका जनताको चाहाना अनुरुप पार्टी सरकारमा भएको वेला योजना पर्ने बताए । उनले देशैभरीका जनयुद्धका आधार इलाकामा पार्टीले विकास निर्माणमा विशेष योजनाहरु ल्याउनुपर्ने समेत मन्त्री गजुरेलाई सुझाव दिएका थिए ।

एकीकृत माओवादीले मनाएको सहिद सप्ताहको अन्तिम दिन हर्देनी गाविसको गहुँबारीमा स्थापना गरिएको जनयुद्धका छ जना सहिदहरुको शालिक अनावरण तथा शालिकमा माल्यार्पण गरेका थिए । सहिद खड्ग बहादुर राउतका बुवा रोमबहादुर राउत, प्रेम कुमारी श्रेष्ठ र इन्द्रकुरमाी श्रेष्टका बुवा तेज बहादुर श्रेष्ठ, श्रेष्ठ, गीता कुमारी दमाई, लेखबहादुर सुनुवार, डोलराज कोईरालाको बुबा, तथा आमालाई दोसाला ओडाएर सम्मान गरेका थिए । एमाओवादीबाट अलग भएका वैद्ये नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका जिल्ला समितिका सदस्य नेत्रबहादुर श्रेष्ठ लगायतका नेपाली काङग्रेस, नेकपा एमालेका गाँउ पार्टीका अध्यक्ष तथा सचिव लगायतका १० जना एमाओवादीमा प्रवेश गरेका थिए ।

 

LIVE TV